नेपालको ‘सशस्त्र युद्ध’ नेदरल्यान्ड्सको राजपरिवारमा

बैशाख २७, २०७६ मा प्रकाशित | 11504 views

काठमाडौ ।  नेपालमा तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको दश वर्षे सशस्त्र युद्धका बाल सैनिक लेनीन बिष्टले नेपालको द्वन्द्वको बारेमा नेदरल्याण्डस्का राजपरिवारका एक सदस्यसँग समेत भेटेर कुरा राखेका छन् ।  उनले नेदरल्याण्ड्सकी प्रिन्सेस लाउरेन्टाइनसँग पूर्व बाल सेनाको व्यवस्थापन, दीर्घकालीन रणनीति, सहयोग र सहकार्यबारेमा छलफल गरेको बताइएको छ ।

लेनीनले आफूलाई नेदरल्याण्ड्सका राजपरिवारका सदस्यले रात्रिभोजका लागि आमन्त्रण गरेको जनाएका छन् ।

प्रिन्सेस लाउरेन्टाइन नेदरल्याण्डसका अहिलेका राजा विलेम अलेक्ज्याण्डरका कान्छो भाइ राजकुमार रादजल जभास्ट्राटकी पत्नी हुन् । अर्थात् नेदरल्याण्डस्का पूर्वमहारानी बिट्रिक्सकी उनी कान्छी बुहारी हुन् । पूर्वअर्थमन्त्री लारेन जान ब्रिन्कहोस्र्टकी छोरी उनी सन् २०००मा नेदरल्याण्डस्को राजपरिवारसँग वैवाहिक सम्बन्ध भएपछि त्यहाँको राजपरिवारकी सदस्य भएकी हुन् । उनी साक्षरता अभियानमा सक्रियतापूर्वक सहभागी भएका कारण केही प्रतिष्ठित पुरस्कार समेत पाएकी छन् ।

लेनीन करिब डेढ महिनादेखि नेदरल्याण्डस् लगायतका विभिन्न युरोपेली मुलुकमा गएर नेपालको तत्कालीन द्वन्द्वका कारण आफूहरुलाई परेको पीडाका बारेमा न्यायको खोजीमा रहेका छन् । उनलाई नेदरल्याण्ड्स सरकारले नै भ्रमणको चाँजोपाँजो मिलाइदिएको उनले केही अघि बाह्रखरीसँगको कुराकानीमा बताएका थिए ।

उनले हेग अदालतमा नेपालको द्वन्द्वको बारेमा मुद्धा दर्ता गराउन परामर्श गरेको भएपनि नेपालले रोम विधान अनुमोदन नगरेका कारण उनको त्यो उद्देश्य भने पूरा हुन सकेको छैन । उनले युरोपेली अभियन्ताहरुलाई रोम विधान अनुमोदन नगरेको भन्दैमा हामीहरुमाथि ज्यादती भइरह्यो भने पनि विश्व समुदायले हेरिरहने भनेर प्रश्न समेत सोधेको केही अघि बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web