डडेल्धुरा । डडेलधुरामा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। भीमदत्त राजमार्गअन्तर्गगत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर कर्णाली रिभरको रात्रि बस दुर्घटना भएको हो।

यसअघि ७ जनाकाे मृत्यु भएको बताइए पनि ५ जनाकाे मात्र पुष्टि हुन सकेकाे डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए। धनगढीबाट बझाङका लागि छुटेको ना६ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरी घटनास्थल पुगेर घाइतेहरुकाे उद्धार गरिरहेको बताइएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली गएको छ। घाइतेहरुलाई डडेलधुरा अस्पताल ल्याइँदैछ।

मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन।

25.16¡ÆC