धादिङमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

चैत्र ३०, २०७५ मा प्रकाशित | 7457 views

मलेखु । धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पेट्रोल पम्प नजिक शनिबार बिहान बस र माेटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको ज्यान गएकाे छ ।

विपरीत दिशाबाट आइरहेका बस र माेठसाइकल आपसमा ठाेक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ७४६५ नम्बरको बस विपरीत दिशातर्फ जाँदैगरेको बा ७४ प ६७६८ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका गोरखा जिल्ला भिमसेन थापागाउँपालिका वडा नं १ का २० वर्षीय अनिस बानियाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web