सकियो कर्मचारी समायोजन, टुङ्गिएन कर्मचारी अभाव

चैत्र १४, २०७५ मा प्रकाशित | 7153 views

काठमाडौ । सरकारले संघीय संरचना अनुसार कर्मचारीको समायोजन सकिएको घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो।

मन्त्रालयका अनुसार एक लाख ३५ हजारभन्दा बढी कर्मचारी समायोजन भएका कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन्।
कर्मचारी समायोजन अनुसार सबैभन्दा बढी कर्मचारी स्थानीय तहमा परिचालन गरिएको छ। स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरिएको हो। त्यसैगरी प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्।

संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताए।

सरकारले यही आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोकसेवा आयोगलाई निर्देशन दिएको पनि बताए। अब लोकसेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि लोकसेवा आयोग आवेदन खुला गर्नेछ। सोही आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ।

मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web