२८ जेठ, काठमाडौं ।
विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रियाशील एनजीओ र अनाईएनजीओको गतिविधिप्रति चीनले आशंका व्यक्त गरेको छ ।

चीनले एनजीओ र आईएनजीओले चीन बिरोधी गतिवधि गरिरहेको आशंका व्यक्त गरेको हो ।

नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एडमरल सुन जियाङ्गुओले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा यस्तो आशंका व्यक्त गरेका हुन् ।

जंगी अड्डामा प्रधानसेनापतिसँग भएको भेटमा उनले भने,’पुनर्निर्माणमा आएका एनजिओ र आईएनजीओले कतै चीन विरोधी गतिविधि त गरिरहेका छैनन् रु’

उनले तिव्वतको सुरक्षाप्रति चासो राख्दै तिव्वतसँग जोडिएका जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाको भूमिकाप्रति प्रश्न उठाएको स्रोतले बताएको छ ।

भेटमा उनले अधिकांश समय नेपालमा तिब्बतविरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा जोड दिए ।

उनले गत वर्षको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा समेत चीनविरोधी गतिविधि भएको सूचना आफूले पाएको बताएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

25.12¡ÆC