नाम र केन्द्र परिवर्तन गर्ने स्थानीयतह बढे

फाल्गुन २०, २०७५ मा प्रकाशित | 1527 views

काठमाडौ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गराउने सबैभन्दा बढी गाउँपालिका रहेका छन् । अहिलेसम्म ९८ स्थानीय तहका नाम र केन्द्र परिवर्तन गर्नेमा ९० गाउँपालिका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँसभा र नगरसभाबाट सिफारिस तथा प्रदेश सभाबाट अनुमोदित ४२ जिल्लाका ९८ गाउँपालिका र नगरपालिकाका नाम तथा केन्द्र परिवर्तन भएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दुर्गा दाहालले जानकारी गराउनुभयो ।

कूल ७५३ स्थानीय तहमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । उहाँका अनुसार नाममात्र परिवर्तन भएकामध्ये १७, नाम र केन्द्र परिवर्तन भएका ६० र केन्द्र मात्र परिवर्तन भएका २१ स्थानीय तह छन् ।
ऐनअनुसार स्थानीय तहले प्रदेश तहलाई केन्द्र परिवर्तनका लागि निवेदन दिने सक्ने र उक्त सिफारिससहित पत्र प्रदेश सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नाम, केन्द परिवर्तन गर्नका लागि अनुरोध गर्न सकिने छ । मन्त्रालयले पठाएको नाम र केन्द्र परिवर्तन गर्ने सिफारिसलाई मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।

नाम र केन्द्र परिवर्तन गर्ने जिल्ला

नाम र केन्द्र परिवर्तन गर्ने जिल्लामा ताप्लेजुङ दुई, पाँचथर एक, इलाम दुई, झापा एक, सुनसरी तीन, पर्सा तीन, सिन्धुली एक, रामेछाप एक, सिन्धुपाञ्चोक एक, काभ्रे दुई, रसुवा एक, नुवाकोट दुई, रुकुमपश्चिम एक, रुकुम पूर्व एक, दाङ एक, बाँके दुई, सल्यान तीन, दैलेख एक रहेका छन् ।

यस्तै धनकुटा तीन, भोजपुर एक, सोलुखम्बु दुई, खोटाङ पाँच, उदयपुर एक, सप्तरी एक, धनुषा एक, धादिङ दुई, मकनापुर चार, चितवन एक, गोरखा तीन, लमजुङ एक, तनहँु एक, स्याङजा एक, कास्की दुई, मनाङ तीन, मुस्ताङ दुई, म्याग्दीका दुई स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन् ।

यसैगरी पर्वत दुई, पूर्वनवलपरासी एक, गुल्मी दुई, कपिलवस्तु एक, अर्घाखाची एक, रोल्पा तीन, जाजरकोट तीन, डोल्पा दुई, कालिकोट एक, हुम्ला एक, बाजुरा पाँच, बझाङ एक, डोटी दुई, डडेल्धुरा एक, बैतडी एक र दार्चुलाका दुई स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web