नुवाकोट । ६९औँ प्रजातन्त्र दिवसको अवशरमा जिल्ला मूल समारोह समितिको आयोजनामा बुधबार जिल्ला समन्वय समिति र विदुर नगरपालिकाको समन्वयमा नुवाकोटको त्रिशूली बजार तथा त्रिशूली नदीको सरसफाई गरिएको छ ।

जिल्ला समन्वय समितिको समन्वय तथा विदुर नगरपालिकाको संयोजनमा आयोजित सरसफाई कार्यक्रममा जिसस प्रमुख सन्तमान तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, विदुर नपाको प्रमुख सञ्चु पण्डित, उपप्रमुख गिता दाहाल, जिसस समन्वय अधिकारी सच्युतराज उप्रेती, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगर लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बिहान त्रिशूली पुलदेखि सुरु भएको सरसफाई, त्रिशूली बजार, त्याहाँ स्थित पुरानो बसपार्क, पूरानो त्रिशूली बजार, नयाँ वर्षपाक, राममन्दिर परिसर, त्रिशूली नदी लगायतको स्थानमा सरसफाई गरिएको हो । सरसफाईको क्रममा दुई गाडी अर्थात चार टन फोहर संकलन भएको विदुर नपा–१ का वडाध्यक्ष एंव त्रिशूलीका स्थानीयबासी लेनिन रञ्जितले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रमको लागी नं .१ सैन्य तालीम केन्द्रका सैन्य र सिपाही, श्रीनाथ गणका सिपाही, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गुल्मका प्रहरी लगायत विभिन्न संघसस्था तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रम सम्पन्न पश्चात त्रिशूली बजारमा आयोजित कार्यक्रममा जिसस प्रमुख सन्तमान तामाङले त्रिशूली नदीलाई स्वतन्त्र र पवित्र बगाउन सके धार्मिक नदीको पहिचान र पर्यटन प्रवद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, विदुर नपाको मेयर सञ्जु पण्डितले नगरपालिकाको संयोजनमा कम्तिमा १५–१५ दिनमा अन्यथा महिनामा एक पटक त्रिशूली नदी लगायत सार्वजनिक स्थलको सरसफाई कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त अवशरमा विदुरका मेयर गिता दाहाल, नेकपाको प्रतितिधि शरण उत्सुक सापकोटा, नेपाली काँग्रेसका सचिव सुरेन्द्रराज अधिकारी लगायतका वक्ताहरुले सांकेतिक रुपमा गरिएको सरसफाईले सरोकारवालाहरुबाट स्थानीयबासीलाई जिम्मेवार र कर्तव्यमा केन्द्रित हुन पाठ सिकाएकाले बजार तथा नदी सरसफाईको लागी अबको जिम्मेवारी स्थानीयबासीको काँधमा रहेको बताउनुभयो ।

नुवाकोटको ऐतिहासिक तथा पूरानो बजार र पवित्र त्रिशूली नदीमा त्रिशूली बजारमा उत्पन्न फोहर तथा ढलको निकास मिसाउदै दुर्गन्धित तथा प्रदूषित हुदै गएपछि प्रजातन्त्र दिवसको अवशर बनाएर सरसफाई कार्यक्रम गरिएको हो ।

15.65¡ÆC