डा.बाबुराम भट्टाराई नुवाकोटमा, भन्नुहुन्छ : पहाडको अर्थतन्त्र झन बिग्रँदै गयो

माघ २६, २०७५ मा प्रकाशित | 1167 views

विदुर । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको पहाडी क्षेत्रको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै चिन्ता जनाउनुभएको छ ।
मध्यपहाडी–पुष्पलाल लोकमार्ग हुँदै नेपालको पहाडी जिल्लाको भ्रमणका क्रममा नुवाकोट आइपुग्नुभएका उहाँले मध्यपहाडी–पुष्पलाल लोकमार्ग विस्तारले केही सुधारका सङ्केत देखिए पनि कृषिमा आधारित पहाडको जनजीवन पछिल्ला वर्षमा थप बिगँ्रदै गएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

यात्राका क्रममा शनिबार विदुरमा आयोजित ‘असल राजनीति र समावेशी विकासको लागी जनसंवाद’ कार्यक्रममा उहाँले पहाडी क्षेत्रमा कायम रहेको परम्परागत खेतीले बाली उब्जनीमा निरन्तर ह्रास, युवालाई कृषि क्षेत्रप्रति आकर्षण गराउन नसक्नु तथा पानीका मुहान सुकेर सिँचाइको अभावमा उर्वरभूमि बाँझै रहेको देखिएकाले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन चुनौती देखिएकाले यसमा नयाँ शिक्षा र चिन्ताको विषय उठेको बताउनुभयो ।

नुवाकोट हुँदै बैतडीको झुलाघाटसम्मको यात्रा आगामी फागुन १५ गते भित्र पूरा गर्ने गरी नयाँ शक्ति पार्टीको सचिवालयसहितको टोली यात्रामा संलग्न छ । पूर्वप्रधानमन्त्री भट्टराईसहितको यात्रामा संलग्न टोली नुवाकोटको सामरीस्थित भ¥याङभुरुङ हुदै आइतबार धादिङ प्रस्थान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web