नेविसङ्घ अध्यक्ष महरसहित सात जना काँग्रेस समर्थक पक्राउ

माघ २२, २०७५ मा प्रकाशित | 1131 views

काठमाडौ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ ।

पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै माघ २२ गते मंगबलार काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेविसङ्घ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web