सोलेमाने (नुवाकोट) । प्रदेससभा सदस्य बद्रीप्रसाद मैनालीले बदलिदो परिवेश अनुसार जनतालाई सेवा पुयाउनको लागी राज्य संयन्त्रहरु क्रियाशिल हुदै आएकाले सोही अनुसार लाग्न स्थानीयतहलाई निर्देशन दिनुभएको छ । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ लच्याङमा वडा कार्यालय मार्फत आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन भएका योजना, बजेट तथा कार्यक्रम सम्बन्धि जानकारी गराउन पुस २४ गते मंगलबार कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाईमा सम्बोधन गर्दै नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रदेससभा सदस्य मैनाली । मुलुकमा शासन व्यवस्था फेरिएपनि जनतालाई सेवा प्रवाह गर्नको लागी स्थापना भएका सरकारको भूमिका समेत बदलिएर सञ्चालन हुनुपर्ने बताउनुभयो ।

उहाँले सूर्यगढी गाँउपालिका–१ ले सरोकारवाला पक्षहरुलाई समावेश गरी गत आर्थिक वर्षमा सञ्चालन गरेको कार्यक्रमको सार्वजनिक सुनुवाई गरी जानकारी दिनु अहिलेको लोकतन्त्र, गणतन्त्र तथा स्थानीय सरकार भएको महशुस भएको भन्दै प्रंशसा गर्नुभयो । सांसद् मैनालीले नुवाकोटका अन्य स्थानीयतहमा रहेका वडा कार्यालयहरुले सञ्चालन गरेका कार्यक्रमको जनतालाई जानकारी गराउन हिच्किचाउदै आएको सन्दर्भमा लच्याङमा सार्वजनिक सुनुवाई आयोजना हुनु र सहभागीहरुले सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागी दिएको सुझाबले स्थानीय सरकारको स्थापनाको लक्ष्य पूरा गर्न सफल भएको बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले बोल्ने क्रममा लच्याङमा माविसम्म अध्ययन गर्ने विद्यालय नभएको भनेर राखेको जिज्ञासामा उहाँले अहिलेको कानूनले मावि सञ्चालनको अधिकार स्थानीयतहलाई दिएकाले त्यो अब कार्यान्वयन हुने र त्यसको लागी आफू क्रियाशिल भएर सहयोग गर्ने बताउनुभयो ।

यस्तै, सहभागीले लच्याङहुदै उर्लेनी र सरमथली जाने सडक हिउदको ६ महिना चल्ने र बाँकी छ महिना बन्द हुने गरेको भन्दै राखेको जिज्ञासामा उहाँले स्थानीय सरकारसंग समन्वयन गरी प्रदेस र केन्दीय सरकारबाट आगामी वर्ष नै बजेट तर्जुमा गराउने प्रतिबद्धता जनाउनुभयो । सहभागीहरुले राखेको जिज्ञासा तथा लच्याङको मुख्य समस्याको रुपमा रहेको भैरवी गुठी समस्या समाधानको लागी आफू सकारात्मक भएकाले त्यसमा खेती लगाउने किसानले जग्गा पाउनुपर्ने र भैरवी जात्रा सञ्चालनमा पनि निरन्तरता हुनुपर्ने गरी समाधान गर्नुपर्ने बताउनुभयो । सांसद् मैनानीले लच्याङबासीको लागी ड्वाचे खानेपानी सञ्चालनको लागी अध्यक्ष समेत रहनुभएका गाँउपालिका अध्यक्षले चासो किन नदिनेका आफूले समेत थाहाँ नभएको भन्दै यसतर्फ आफू अब सक्रिय भएर लाग्ने र त्यसमा उत्पन्न समस्या समाधान गराएर पानी सञ्चालन गराउनतर्फ लाग्ने बताउनुभयो । उहाँले लच्याङमा रहेका गुम्बा, देवीस्थल लगायतका शक्तिपीठहरुको संरक्षण, शिक्षा, पूर्वाधार विकास, जनचेतना अभिबृद्धि, रोजगारीको सिर्जना, व्यवसायिक तालीम तथा सिप प्रबद्धनको लागी आफूले पहल गर्ने भएकाले वडा कार्यालयबाट पनि त्यसमा सहयोगको अपिल हुनुपर्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा सूर्यगढी गाँउपालिकाको उपाध्यक्ष मञ्जु ढकालले गाँउपालिकाले सञ्चालन गर्दै आएको योजनामा लच्याङलाई प्रथामिकतामा राख्ने गरेको बताउनुभयो । उहाँले कार्यक्रममा गाँउपालिकाको अध्यक्ष अनुपश्थित हुनु पारिवारिक कारण भएको भन्दै गाँउपालिकाहरुमा सबैभन्दा पिछडीएको वडाको रुपमा लच्याङलाई माथी उठाउन बजेट बिनियोजनमा प्रथामिकता पर्नुपर्ने बताउनुभयो । सहभागीहरुले लच्याङमा राजनीतिक पूर्वाग्रही भएर बजेट तर्जुमा निकै कम भएको र कार्यक्रमम गाँउपालिकाको अध्यक्ष उपस्थिती नभएको भनेर टिप्पणी गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सूर्यगढी गाँउपालिकाबाट सम्पन्न निर्वाचनमा अध्यक्षको उम्मेदवार समेत रहनुभएका बिन्दा ढुङ्गानाले लच्याङमा रहेका महिला, दिदीबहिनीहरुको लागी तालीम, सिप र स्वरोजगार कार्यक्रम ल्याएर उनीहरुलाई चुलोचौकाबाट पुरुष सरह प्रतिस्पर्धामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले कानून निर्माणदेखि बजेट समेत तर्जुमा गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरी लच्याङको विकासको लागी स्थानीय सरकार लागिपर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा वडाअध्यक्ष इमानसिंह तामाङको अनुसार वडा कार्यालय मार्फत गत आर्थिक वर्षमा प्राप्त भएको एक करोड ३२ लाख बजेट मध्ये कन्टीजेन्सी १२ लाख ७४ हजा कटाएर एक करोड २० लाख रुपैयाँ बजेटमा ४८ वटा योजना तर्जुमा गरिएको थियो । ती योजना मध्ये अधिकांश योजनाको सफल कार्यान्वयन भएको र त्यसबाट जनताले राम्रो लाभ पाएकाले आगामी दिनमा सोही योजनामा बाँकी रहेका तथा त्यस्तै किसिमका योजना सञ्चालनमा प्रथामिकता दिने उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधि पूरा हुनलाग्दा समेत यो आर्थिक वर्षको बजेट गाँउपालिकाले नपठाएको कारण तर्जुमा गर्न नपाएको गुनासो वडाध्यक्ष तामाङले गर्नुभयो ।

कार्यक्रममा गाँउपालिकको प्रमुख प्रशासकीय अधिकृत उत्तम खतिवडा सहित विषयगत कार्यालयका प्रमुख एवम् प्रतिनिधि, वडा नं. २, ३ र ५ का वडाध्यक्षहरु, इलाका प्र्रहरी कार्यालय चोकदेका प्रहरी इञ्चार्ज रामशरण कोइराला, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, सामाजिक संघ सस्ँथा, महिला समूह, कृषि समूह, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको वडा कार्यालयका कार्यालय सहायक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

16.54¡ÆC