बजेट कार्यान्वयन गराउन अर्थमन्त्रालयको पूर्व तयारी

जेष्ठ २७, २०७३ मा प्रकाशित | 970 views

२७ जेठ, काठमाडौं ।
व्यवस्थापिका संसद्बाट आगामी आर्थिक वर्ष २०७३–७४ को बजेट पारित भए लगत्तै कार्यान्वयनमा लैजाने गरी हाल बजेट कार्यान्वयनको पूर्वतयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

विहिबार अर्थ मन्त्रालयमा रेडियो नेपालसँग कुरा गर्दै अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मुकुन्द पौडेलले बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको कार्ययोजना तयार गर्ने काम भइरहेको बताउनुभयो ।

कार्ययोजनामा आयोजना कार्यान्वयनका लागि निश्चित अवधिमा सम्पन्न गर्नुपर्ने कामको क्रमवद्ध तालिका, सम्बद्ध पदाधिकारीको जिम्मेवारी, जनशक्ति व्यवस्थापन र आयोजना सम्पन्न नभएसम्म सम्बन्धित आयोजनामा कार्यरत कुनै पनि कर्मचारी सरुवा नगर्ने लगायतका व्यवस्था गर्ने सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

सहसचिव पौडेलले व्यवस्थापिका संसद्बाट आगामी आर्थिक वर्षको बजेट पास भएलगत्तै बजेट कार्यान्वयनको कार्ययोजना सहित बजेट खर्चको अख्तियारी सबै मन्त्रालय र सम्बद्ध निकायहरुमा पठाइने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web