घ्याङफेदी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई कांग्रेसबाट राहत

पुस २२, २०७५ मा प्रकाशित | 12356 views

नुवाकोट ।  दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङडाँडामा गत मंसिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका २२ जना व्यक्तिको परिवारलाई राहत स्वरुप नेपाली कांग्रेस नुवाकोटले संकलन गरेको राहत रकम वितरणको लागी आइतबार जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रतिनिधि खटाउनुभएको छ । काँग्रेस पार्टी कार्यालय विदुरमा पत्रकार सम्मेलन गरी काग्रेस कार्यसमितिका सदस्य शसीसागर पण्डितलाई संकलन भएको रकमको चेक प्रदान गर्दै उक्त रकम मृतक व्यक्तिका परिवारलाई हस्तान्तरण गर्न जिम्मेवारी दिनुभएको हो ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम उपलब्ध गराएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति केसीले बताउनुभयो ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुप्चेश्वर गाँउपालिकको तर्फबाट २५ हजारको दरले राहत रकम गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले प्रदान गर्दै उनीहरुको लागी थप सहयोगको समेतको अपिल गरेपछि समाजसेवीहरुबाट संकलन भएको रकमा काँग्रेस जिल्ला सभापतिले वितरणको लागी प्रतिनिधि खटाउनुभएको हो ।

दुप्चेश्वर गाँउपालिकको अपिल अनुसार नुवाकोटको ककनी  गाँउपालिका–७ चतुरालेका समाजसेवी दिवाकर थपलियाले उपलब्ध गराएको रकम ५० हजार र काठमाडौको जरङ्खु स्थित टंकेश्वर हार्डवेयरको तर्फबाट व्यवासायी हेम गौतमले उपलब्ध गराएको ६० हजार रुपैयाँ गरी एक लाख १० हजार रुपैयाँ मृत्तक व्यक्तिको परिवारलाई घरमा नै गएर उपलब्ध गराउन काँग्रेस सभापति केसीले प्रतिनिधि शशीसागर पण्डितलाई आइतबार चेक प्रदान गर्नुभएको हो ।

चतुरालेका थपिलयाले दिनुभएको रकमको चेक सभापति केसीले पण्डितलाई हस्तान्तरण आइतबार नै गर्नुभएको हो । खरङ्खुका गौतमले दिएको रकम प्राप्त हुन बाँकी रहेको छ । गैतमले सोमबार रकम उपलब्ध गराउने भएकाले त्यसलगत्तै पीडित परिवारलाई भेटेर रकम उपलब्ध गराउने पण्डितले बताउनुभएको छ । पण्डित काँग्रेसको पूर्वक्षेत्रीय कोषाध्यक्ष हुनुहुन्छ भने उहाँले दुप्चेश्वर गाँउपालिकाको विकासको लागी लामो समयदेखि क्रियाशिल युवाको रुपमा समेत पहिचान बनाृउनुभएको छ । रकम वितरणको लागी पार्टी सभापतिले जिल्ला कार्यसमितिका सदस्य नरेश तामाङलाई समेत तोक्नुभएको छ । उहाँ पीडित परिवारका सदस्य समेत हुनुहुन्छ ।

गत मंसिर २८ मा भएको मिनीट्रक दुर्घटनामा परी घटनस्थलमा १८ जना र उपचारको लागी लैजादै गर्दा र उपचारको क्रममा गरी थप चार जना गरी २२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनाको काठमाडौ स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काँग्रेस नुवाकोटले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सभापति केसीले घाइतेहरुको उपचारको व्यवस्था निःशुक मिलाउन सरकालाई निरन्तर दबाब दिइरहेकाले त्यो कार्यान्वयन हुने विश्वास लिएको बताउनुभएको छ । उहाँले मृत्तक व्यक्तिको परिवार र दुर्घटनामा घाइते भएर उपचार गराउदै आएकाहरुको आर्थिक अबस्था निकै कमजोर र विपन्न परिवारको भएकाले सहयोगको अपिल समेत गर्नुभएको छ । पार्टीका नेता, कार्यकर्ता तथा समर्थक, व्यवसायी, समाजसेवी लगायतसंग सहयोगको अपिल गर्दै पार्टीलाई तथा दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङलाई सम्पर्क गरी सहयोग पुर्याउनको लागी आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web