नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १, घ्याङडाँडामा गत मंसिर २८ गते भएको मिनी ट्रक दुर्घटना परी ज्यान गुमाएकाहरुको सम्झनामा पुस १८ गते काठमाडौमा दीप प्रज्वलन गरी सामूहिक श्रदाञ्जली अपर्ण गरिएको छ । साथ सहभागीहरुले घाइते भएर उपचाररत रहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान र दोनडुप प्रतिष्ठान नुवाकोटको सयुक्त आयोजनामा धुम्बाराही स्थित शंकपार्कमा बुधवार साँझ दिप प्रज्वलन गरी मृतक प्रति श्रद्धाञ्जलीका साथ घाईतेहरुको शिघ्र लाभको कामना गरिएको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार दिप प्रज्वलनमा सहभागीले घाईतेको उपचार तथा मृतकहरुका परिवारका लागि उचित सहयोगको व्यवस्था गर्न सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गरेका छन ।
दुर्घटनाका पीडितहरुको सहयोगका लागि दोनडुप प्रतिष्ठानको तर्फबाट पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष डिबि तामाङले जानकारी दिनुभयो ।

यसै गरी दुप्चेश्वर गाँउपालिकामा निर्माण भइरहेको बुद्धभूमि हाइड्रोपावरको तर्फबाट पचास हजार दिने अध्यक्ष पूर्णलाल श्रेष्ठले बताउनुभयो ।

यस्तै, अपाङ्ग मैत्री संघको तर्फबाट पनि पाँच हजार एक सय रुपैयाँ सहयोग गर्ने जानकारी गराएका थिए ।

दिप प्रज्वलन गरी दिवंगतहरु प्रति श्रद्धाज्जली एंव घाइतेको स्वास्थ्य लाभको कामनाको लागी आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, नेकपा प्रदेश ३ का इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, प्रदेश सदस्यहरु केशव पाण्डे, बद्री मैनाली, पूर्व सचिव तुलसी सिटौला, सहसचिव रुद्रसिं तामाङ, शसस्त्र प्रहरीका एआइजी पुष्पराम केसी लगायतको उपस्थिति रहेका थिए ।

शिक्षण अस्पता महाराजगञ्जमा उपचारको क्रममा सावित्रा तामाङको पुस १७ मंगलबार निधन भएसंगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
घटनामा घाइते भएका मध्ये बाह्र जना हाल विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

16.6¡ÆC