त्रिशूली जलविद्युत उत्पादन गृहमा आगोलाग्यो (भिडियो सहित)

पुस १९, २०७५ मा प्रकाशित | 13880 views

नुवाकोट । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा यही पुस १८ गते बुधबार साँझ आगलागी हुदाँ विद्युत उत्पादन बन्द भएको छ ।

२१ मेगावाट क्षमताको केन्द्र र सोहीको सहायक योेजनाको रुपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्र समेत बन्दहुदाँ राष्ट्रिय प्रशारण लाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत गिरावट आएको छ ।

बुधबार साँझ साढे छ बजेतिर त्रिशूली उत्पादन गृहबाट उत्पादन भएको विद्युत प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं. ६ मा रहेको ६.६ केभीको जेनेरेटर जलेर पूर्ण रुपमा क्षति भएको केन्द्र प्रमुख तारदत्त भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार आगलागीले क्षति पु-याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोड भन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनको लागी करीब एक साता लाग्ने अनुमान छ ।

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकल सहित स्थानीयबासीलाई एकघण्टा भन्दा बढी समय लागेको थियो ।
आगलागी पछि केन्दैबाट विद्युत उत्पादन बन्द हुदाँ नुवाकोट सहित रसुवा र धादिङका केही स्थानमा प्रभावित भएको विद्युत सेवा राष्ट्रिय प्रशारण लाइन मार्फत गएरातीदेखि उपलब्ध गराइएको छ ।

त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा गत असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web