शिवपुरी गाउँपालिका–६ का सन्तोष तामाङलाई सिआइबीको टोलीले समात्यो

पुस १२, २०७५ मा प्रकाशित | 13972 views

शिवपुरी गाउँपालिका–६ का सन्तोष तामाङलाई सिआइबीको टोलीले समात्यो

नुवाकोट । वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार तथा बिक्री वितरण मुद्दामा फारर रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँं जिल्ला अदालतले २०७४ साल चैत ३ गते नुवाकोट शिवपुरी गाउँपालिका–६ का सन्तोषकुमार तामाङलाई पाँच वर्ष कैद हुने ठहर गरेकोमा उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादीलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ । उनलाई गुर्जुभञ्ज्याङ, नुवाकोटबाट पक्राउ गरिएको हो ।

प्रहरीले २०७४ साल भदौ १९ गते काठमाडौँ तारकेश्वर नपा–१० मनमैजुस्थित सडकमा प्रतिवादी सन्तोषकुमार तामाङले चलाएको बा३४प ६६८१ नंको पल्सर मोटरसाइकल जाँच गर्दा रेडपाण्डाको छाला बरामद गरेको थियो ।

रेडपाण्डाको छालासहित पक्राउ परेका तामाङ अदालतबाट माग भएको धरौटीबापत जमानीमा राखी तारेखमा रहेकामा अदालतको फैसलापछि फरार रहेका थिए । काठमाडौँ जिल्ला अदालतमा पेश गरिएका तामाङलाई अदालतको आदेशले कैद भुक्तानका लागि आजै केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web