टक्सार, नुवाकोट । नुवाकोट जिल्लास्तरीय २२औँ जुनियर÷युवा रेडक्रस सर्कल गोष्ठि बिन्दुकेशर घोषणा–पत्र जारी गर्दै यही मंसिर १५ गते सम्पन्न भएको छ ।

म्यागङ गाँउपालिका–५ टक्सार स्थित बिन्दुकेशर माध्यामिक विद्यालयमा शुक्रबारदेखि सुरु भएको जुरेस गोष्ठि नौ बुँदे घोषणापत्र र सातबँुदे सुझाब प्रस्तुत गर्दै सम्पन्न भएको हो ।
गोष्ठिमा धादिङको एक सहित नुवाकोटका ४३ विद्यालयका १२९ जना जुनियर÷युवा रेडक्रस सर्कलमा आबद्ध विद्यार्थी र शिक्षक नायक सम्मिलित गोष्ठिले पछिल्लो एक वर्षको काम–कारबाहीको समीक्षा र आगामी वर्षको भावी रणनीति तयार गरेको आयोजक बिन्दुकेशर माविका शिक्षक नायक टिकाराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँको अनुसार घोषणा पत्रमा ‘जुनियर तथा युवा ः दिगो विकासमा पु¥याउन टेवा’ भन्ने नारा सहित संगठन विकासलाई प्रभावकारी बनाइने, जुनियर तथा युवा रेडक्रसको कोषलाई प्रभावकारी बनाउन एक सदस्यबाट बार्षिक रु पाँच संकलन गर्ने, शैक्षिक सँस्थाको आसपासका स्थानमा मादक पदार्थ र सूर्तिजन्य पदार्थ पूर्ण रुपमा बन्देज लगाउने, सफा र सुग्घर विद्यालय बनाउन फोहरको बर्गिकरण अनुसार त्यसको पुनःउपयोग गरी बाँकीलाई उचित व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रमा विद्यालय पूर्ण सरसफाई, विपद् जोखिम न्युनिकरणका गतिविधिलाई थप प्रभावकारी बनाइने, मानव स्वास्थ्यमा असर पर्ने तयारी खाद्य (जङ्क फुड)लाई शैक्षिक सँस्था परिसरमा विक्री नगर्न सचेत गराउने, रेडक्रसको अभिन्न अङ्ग भएको हैसियतले विश्व रेडक्रस दिवस, नेपाल रेडक्रस दिवस, जुरेस–युरेस दिवस, भूकम्प सुरक्षा दिवस, विश्व एड्स दिवस लगायतलाई महत्वको साथ मनाएर विद्यालय र समुदायमा त्यसको प्रभावकारिता बृद्धिगर्ने उद्देष्य राखिएको छ ।

बिन्दुकेशर माविका प्रअ ताराप्रसाद श्रेष्ठको अनुसार गोष्ठिमा विनासकारी भूकम्पको समय र त्यसपछि जुरेसमा आबद्ध विद्यार्थी मार्फत खोज तथा उद्धार, उपचार र राहत वितरण, प्रथामिक उपचार सेवा लगायतमा पु¥याएको भूमिका प्रभावकारी भएकाले आगामी दिनमा थप मजबुद बनाउन केन्द्रित गराउन लागिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको भातृ सँस्थाको रुपमा विद्यालयहरुमा क्रियाशिल जुनियर÷युवा रेडक्रस सर्कलले जीवनरक्षा तथा स्वास्थ सुरक्षा सम्बन्धि मानवीय सेवाको साथै जनचेतना अभिबृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्यको प्रबद्धन, अन्तराष्ट्रिय कानूनको प्रचार, प्रकोप महामारीको न्युनिकरण सहित त्यसको पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोग लगायतको मानव सेवाका उच्चतम कार्य गर्दै आएको छ ।

आगामी वर्षको जुरेस गोष्ठि भदु्रटारमा रहेको कुण्डला मावि र शिक्षक नायकहरुको गोष्ठि मनकामनामा रहेको त्रिभुवन माविले सञ्चालन गर्ने निर्णय भएको रेडक्रस नुवाकोट शाखाका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।

15.51¡ÆC