तादी गाँउपालिकाको कर्मचारी भ्रमण ‘घुम्नको लागी’ होइन, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह

मंसिर ६, २०७५ मा प्रकाशित | 5540 views

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाका कर्मचारी कार्यालयको काम छाडेर भ्रमण जान लागेको भन्दै केही अनलाइनमा आएको समाचार भ्रामक भएको गाउँपालिकाले जनाएको छ ।

आज गाँउपालिकाले बिज्ञप्ती जारी गर्दै चालु आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम अन्तरगत गाँउसभाबाट स्वीकृत भएको चालु खर्च अन्तरगत कर्मचारीको क्षमता विकास, तालीम अध्ययन, अवलोकन शिर्षकमा कानून बमोजिम एवम् प्रक्रिया पु-याएर आन्तरिक भ्रमणको रुपमा प्रदेश न ६ जान लागेको स्पष्ट पारेको छ ।

गाँउपालिकको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जारी गरेको ध्यानाकर्षण पत्रमा कार्यपालिकाको कार्तिक १६ गते बसेको बैठकको निर्णय अनुसार आन्तरिक पर्यटनलाई टेवा पु-याउदै नेपालको प्रदेश न ६ मा  पर्ने विभिन्न स्थानीयतहको भ्रमण गरी त्याहाको सकारात्मक काम तथा अनुभव बटुल्नको लागी जान लागेको भ्रमणलाई अनावश्यक टिप्पणी र भ्रम फैलाएर केही अनलाईनले बाहिर ल्याएको खबर भ्रमपूर्ण रहेको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा गाँउपालिकाले कुनैपनि कार्यक्रमहरु बार्षिक नीति तथा कार्यक्रम भित्र नपरेका, गाँउसभाले पास नगरेका र कार्यपालिका बैठकले निर्णय नगरेकालाई काम नगर्ने स्पष्ट बनाउदै कर्मचारीको क्षमता विकास शिर्षकमा हुन लागेको भ्रमण राज्यले उपलब्ध गराएको सुविधा र एक–अर्को स्थानीयतह बीच अनुभव बाढेर त्यसको फाइदा सेवाग्राहीलाई पुग्नेमा केन्द्रित गराउन लागेको जनाइएको छ ।

गाँउपालिकामा निर्वाचित जनप्रतिनिधिको आगमन पछि स्थानीय सरकारको रुपमा जनतालाई सेवा पु-याउन क्रियाशिल रहेकाले कानूनले निर्दिष्ट गरे भन्दा बाहेकको गतिविधि नहुने स्पष्ट पार्दै गाँउपालिकाको कर्मचारी काम छोडेर घुम्न जान लागेको भनेर श्रोत उद्रित नगरी आएको समचार गलत भएको जनाएको छ ।

गाँउपालिकाले बेथिती ढङ्गबाट कर्मचारीलाई काम गर्न दबाब दिने, नियम भन्दा बाहिर जाने तथा व्यक्तिगत स्वार्थको लागी कुनै क्रियाकलाप नगर्ने भएकाले जनताको सेवा तिव्रता, इमान्दारिता, सुशासन एवम् पारदर्शी बनाउन सदैव तत्पर रहेको प्रतिबद्धता समेत गाँउपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डेले जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web