आज प्रकाश दाहालको स्मृति दिवस, कस्ता थिए उनी ..के-के गरे जीवनमा..( नजिकबाट चिनौ )

मंसिर ३, २०७५ मा प्रकाशित | 1824 views

-मनहरि तिमिल्सिना, काठमाडौं । युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।

युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको गत वर्ष आजकै निधन हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको हो ।

प्रकाश दाहालको स्मृतिमा प्रचण्ड निवास खुमलटारमा प्रकाश दाहाल स्मृति कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रकाशको बारेमा प्रकाशित स्मारिका बिमोचनसमेत हुने उनको परिवारले जानकारी दिएको छ । दिवङ्गत प्रकाश र उनकी दिदी ज्ञानु दाहालको स्मृतिमा निर्माण भएको प्रज्ञा स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो ।

स्मृति कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु र शुभेच्छुकहरुलाई आमन्त्रण गरिएको छ । आज नै प्रकाश दाहालका शुभेच्छुकहरुले देशका विभिन्न जिल्लामा द्वीप प्रज्ज्वलन लगायतका कार्यक्रम गरी स्मृति दिवसमा मनाउँदैछन् ।

वाइसिएल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम, विभिन्न खेलकूद प्रतियोगिता लगायतका कार्यक्रम गरी प्रकाश दाहाल स्मृति दिवस मनाउँदैछन् । सोमबार नै युवाहरुले माइतीघर मण्डलामा प्रकाशको स्मृतिमा द्वीप प्रज्ज्वलन गर्दैछन् ।

नेकपाका अध्यक्ष प्रचण्डका छोरासमेत रहेका प्रकाश दाहाल लोकप्रिय युवा नेता थिए । मीडियामैत्री, सरल स्वाभाव र व्यवस्थापनका दृष्टिले असाध्यै कुशल मानिने प्रकाशका सामाजिक सञ्जालमा बीसौं लाख समर्थक थिए ।

यस्तो छ साकार दाहाल ‘प्रकाश’को संक्षिप्त जीवनी

नाम : साकार दाहाल ‘क. प्रकाश’
जन्मस्थान : शिवनगर, भीमसेननगर चितवन
जन्म मिति : २०३८ असार १७ गते
बुवाको नाम : पुष्पकमल दाहाल ‘प्रचण्ड’
आमाको नाम : सीता दाहाल
पत्नीको नाम : बीना मगर
छोराहरु : प्रसिद्ध दाहाल/प्रणव दाहाल

जिम्मेवारी :
१. पोलिट्व्यूरो सदस्य, ने.क.पा. (माओवादी केन्द्र)
२. स्वकीय सचिव, अध्यक्ष क. प्रचण्ड
३. विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध
सगरमाथा आरोहण : २०६९ जेठ ९ गते

राजनीतिक इतिहास :
ने.क.पा. (माओवादी) को पूर्णकालीन कार्यकर्ता (२०५७) । अध्यक्ष प्रचण्डको सचिवालय, अङ्गरक्षक र व्यवस्थापनमा निरन्तर सक्रिय । २०५७/२०५८ मा आधारभूत शैन्य तालिम र जनमुक्ति सेनामा क्रियाशील । अध्यक्ष प्रचण्डका सबै राजनीतिक सङ्घर्षमा बलियो साथ । २०६५ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव । २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव । २०७३ मा नेकपा (माओवादी केन्द्र) को पोलिट्व्यूरो सदस्य ।

अन्य विवरण :
१२ बुंदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका ।  सूचना, प्रविधिमा विशेष दख्खल र क्रियाशीलता । अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान । प्रचण्डको दोस्रो प्रधानमन्त्री काल व्यवस्थित र सफल बनाउन विशेष योगदान । प्रवासमा रहेका नेपालीहरुसँग विशेष सम्बन्ध, सम्पर्क तथा उनीहरुको उद्दार र राहतमा अविस्मरणीय योगदान ।

२०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र पार्टी एकताको संकल्पको वातावरण बनाउन सक्रिय भूमिका । बहुमूखी प्रतिभाका धनी, पोख्त प्राविधिक, कुशल व्यवस्थापक र प्रशासक । सामाजिक सञ्जालमा झण्डै २० लाख ‘फ्लोअर्स’ । मीडियामैत्री व्यक्तित्व । समन्वयकारी व्यक्तित्व, सरल, जनतासँग घुलमिल हुन रुचाउने, जिम्मेवारी कूलशलतापूर्वक निर्वाह गर्ने कार्यशैली । अध्यक्ष प्रचण्डका ‘सम्पर्क सुत्र’, असल छोरा, स्वकीय सचिव र सल्लाहकार । बाबुको सफलतामा रमाउने छोरा ।
यो सामाग्रि सफल खबरको लागी मनहरी तिमिल्सिनाले तयार गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web