काठमाडौ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ ।

नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो ।

सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।

पदअनुकूलको आचरण गरेको आरोपमा प्रदेश सरकारको मन्त्री पदबाट बर्खास्त हुने सोडारी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि मुख्यमन्त्रीसँग मुखमुखै लागेको र अमर्यादित व्यवहार गरेको भन्दै प्रदेश तीनका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पार्टीको केन्द्रीय नेतृत्वको सल्लाहमै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । पदीय मर्यदाविपरीत गतिविधि गरेको भन्दै दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट बर्खास्त गरेकै दिन उनको ठाउँमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लबाट आजै पद तथा गोपनीयताको शपथ दिलाउने तयारी गरेको छ । शपथ अपराह्न ४ बजेका लागि तय भएको बताइएको छ । प्रदेश प्रमुखबाट शपथ लिएपछि सुवेदीले जिम्मेवारी सम्हाल्ने छन् ।

सुवेदी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सोडारी भने कैलाली ४ (क) बाट निर्वाचित सांसद हुन् ।सोडारीको बारेमा कैलालीमा चर्को विरोध समेत रहेको थियो।

19.12¡ÆC