१३ कार्तिक, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको कालोपत्रेको काम थालिएको छ ।

विदुर नगरपालिका वडा नं. ५ पिपलटारदेखि गटेबजारसम्मको करीब चार किलोमिटर सडकमा मंगलबारदेखि कालोपत्रेको काम सुरु गरिएको हो । मुआब्जा वितरण गरेर मात्र सडक विस्तारको काम अघि बढाउनुपर्ने भन्दै स्थानीयबासीले पु¥याएको अबरोधको बीच आयोजनाले प्रहरीको सुरक्षाघेरामा काम अघि बढाएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्सन प्रालीका इञ्जिनियर सुरजकुमार गौतमले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार सडकमा कालोपत्रे अन्तरगतको अहिले करीब ३ इञ्च हुने ६ सेन्टिमिटर बाक्लो पहिलो तह अर्थात डिबिएस सुरु गरिएको हो । ११ मिटर चौडामा डिबिएस गर्ने र त्यसपछि मुख्य कालोपत्रे भने सात मिटरमा गर्ने इञ्जिनियर गौतमले जानकारी दिनुभएको छ ।

विदुर गगरपालिका वडा नं. ५ पिपलटारका स्थानीयबासीले सडकमा पर्ने जग्गाको मुआब्जा नदिई कालोपत्रेको काम अघि बढाएको भन्दै बिरोध गरेका छन् ।
संघर्ष समिति नै गठन गरी स्थानीयबासीले सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारण नगरेको र पासाङ ल्यामु राजमार्गमा क्षेत्रमा पर्ने जग्गाको दायाँबायाँ निर्धारण २०३४ सालमा नै सडक संरचना कायम भएकाले अहिले विस्तार हुने सडकमा पर्ने जग्गाको मुआब्जा अन्योल बनाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

संघर्ष समितिका संयोजक लिलानाथ न्यौपानले सडक विस्तार गर्नु राम्रो भएपनि पासाङ ल्यामु सडकमा पर्ने जग्गाको मुआब्जा नदिने र अन्य स्थानको भने दिनु न्यायोचित नभएको भन्दै आफूहरु बिरोधमा उत्रन बाध्य भएको बताउनुभएको छ ।
गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामा पर्ने जग्गा अन्तरगत अन्तरगत सडकको दाँयाबाँया १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा निर्धारण गरी रकम वितरण भइरहेको छ ।

मुआब्जा निर्धारण समितिले दोश्रो चरणमा अब साविक गेर्खु गाविसको बान्द्रेदेखि वेत्रावती हुदै मनकामनाको नयाँपुलदेखि मैलुङसम्मको जग्गाको मुल्य निर्धारण गर्ने जनाएको छ । पासाङ ल्यामु राजमार्ग अन्तरगत पर्ने पिपलटारदेखि ढुङ्गेसम्मको सडक आसापासमा पर्ने जग्गाको मुआब्जा प्रक्रिया भने अन्योल रहेको छ । यसअघि २०३४ सालमा नै सडक विस्तार भएर राजमार्ग कायम भएकाले राजमार्गको विस्तारको क्रममा आसापासमा पर्ने सडकको मुआब्जा दिने कानूनी व्यवस्था नभएको अन्योल हुदाँ स्थानीयबासीले मुआब्जा पाउने आधार कमजोर देखिएको छ ।

‘गल्छी–रसुवागढी’ सडक पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढीहुदै चीनको केरुङ प्रवेशद्धारसम्म जोड्न सडक ८२ किलोमिटर दुरीको निर्माणको काम भइरहेको छ ।
चीनसंगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना मार्फत तीन खण्डमा निर्माणको लागी नौ अर्ब ५० करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । गल्छीबाट सुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किलोमिटर सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकार मार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटर सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सन मार्फत सडक निर्माण भइरहेको छ ।

रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किलोमिटिर सडक नेपाली सेना मार्फत निर्माण भएर गएको चैत ३० मा नै ट्रयाक खोलर आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ भने स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकार मार्फत निर्माण अघि बढाइएको छ ।

25.12¡ÆC