प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या,आइसियूमा उपचार हुँदै

कार्तिक १२, २०७५ मा प्रकाशित | 8958 views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई अाइतबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
डाक्टर अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको सीसीयूमा राखेर उपचार भइरहेको छ । आइतबार रातिको तुलनामा अहिले स्वास्थ्यमा केही सुधार आएको पनि डाक्टर सायमीले बताउनुभयो । छातीमा नै संक्रमण देखिएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गरिने उहाँले बताउनुभयो ।

बिहान ९ बजे पछि प्रधानमन्त्री ओलीको फेरि स्वास्थ्य जाँच गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराउने अस्पतालको तयारी छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरिने पनि अस्पतालले जनाएको छ । डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीको निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास  प्रधानमन्त्री ओलीको उपचारमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web