अध्यक्ष बोगटीको निधन

अशोज २३, २०७५ मा प्रकाशित | 6205 views

<p align="justify">काठमाडौ ।&nbsp; चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज असोज २३ गते निधन भएको छ । <br>बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिनुभयो । अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिनुभयो । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी हुनुभएको थियो. । <br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web