निर्मला हत्या प्रकरणमा प्रहरीको गल्ती देखाइयो, बलात्कारी देखाइएन

अशोज १०, २०७५ मा प्रकाशित | 5471 views

काठमाडौं । निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने विषय समेत प्रतिवदेनमा समेटिएको छ ।

समितिले घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि बयान लिएको थियो ।

प्रदर्शनका क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले समितिलाई वयानमा बताएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिसअनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्कुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो । कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो ।नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web