१५ भदौ, नुवाकोट । 'समुन्नत नुवाकोटको आवाज समावेश आवाज' भन्ने मुल नाराको साथ युवाहरुको अगुवाईमा युवा सञ्चार नेपाल नामक संस्था द्घारा नुवाकोटको बट्टार बजारमा प्रसारण केन्द्र बनाई दैनिक १९ घण्टा प्रसारण हुदै आएको फेण्डस एफएम दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरको छ ।

२०७३ साल भाद्र १५ गतेबाट विधिवत रुपमा प्रसारणमा आएको यस रेडियोले नुवाकोट गाउ वस्थीमा आफनो आवाज पुराउन सफल भएकोले नुवाकोट जिल्लामा रहेको रेडियोहरु मध्य पृथक खालको पहिचान बनाउन सफल यस रेडियोले सुचना समाचार मनोरञ्जनात्मक कार्यक्रम गित संगित र धार्मिक कार्यक्रम समेत प्रसारण गराई आईरहेको रेडियोका अध्यक्ष राकेश डंगोलले जानकारी दिनुभएको छ ।

रेडियोलाई गाउ बस्तीका दुरदराजमा पुराई जनताको बालीलाई जस्ताकोतस्तै प्रसारण गर्ने उद्धेश्यका साथ आगामी दिन रेडियोको क्षमता विस्तार गरी दुरदराजमा रहेको जनतालाई सुसुञ्चित बनाउन फेण्डस एफएम सदैव लागिरहने युवासञ्चार नेपालका अध्यक्ष तथा रेडियो संचालक डंगोलले बनाउनुभयो ।

डिजिटल साउन्ड र पछिल्लो पटक नेपालमा भित्रिएको टेक्नोलोजी प्रयोग गरी प्रसारणमा आएको फेण्डस एफएम नुवाकोट, रसुवा ,धादिङ, गोरखा, आसपास मकवानपुर र काठमाडौँका आसपास मा स्पष्ट सुन्न सकिने यो रेडियो आगामी दिनमा अझ ससक्त रुपमा अगाडि बढने निति लिएको छ ।

26.12¡ÆC