प्रकाण्डलाइ तीन दिन थुनामा राख्न अदालतबाट अनुमति

भदौ ८, २०७५ मा प्रकाशित | 2715 views

८ भदौ, नुवाकोट । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आगजनी अभियोगको मुद्धामा अनुसन्धान गर्न शुक्रबार नुवाकोट जिल्ला अदालतले तीन  दिन थुनामा राख्न अनुमति दिएको छ ।

गएको साउन ७ गते बेलकोटगढी नगरपालिका–९ स्थित धमले–दुईपिपल सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्सट्रक्सन प्रालिको दुई थान स्काभेक्टरमा आगजनी गरेको अभियोगमा सरकारी वकिलको कार्यालय मार्फत नुवाकोट प्रहरीले अनुसन्धानको लागी सात दिनको म्याद माग गरेकोमा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लले तीन दिनको अनुमति दिनुभएको हो ।

अदालतले तीन दिन थुनामा राख्न अनुमति दिए पश्चात प्रकाण्डले आफू सहित आफ्नो पार्टी र वर्तमान सरकारबीच राजनीतिक असहमति रहेको कारण षडयन्त्र गरी फसाउन जालझेल गरेको प्रतिक्रिया दिनुभयो ।
काठमाडौबाट बिहीबार पक्राउ गरी नुवाकोट पु-याइएका प्रकाण्डलाई डोजर आगजनीमा उहाँ सहित १५ जनाको संलग्नता रहेको दाबी गर्दै त्यसलाई पुष्टि गर्न ‘फोन सम्पर्क’ लगायतमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।

चन्दा माग गरेको र नदिएपछि नेकपा विप्लवको टोलीले दुई थान स्काभेक्टर पूर्णक्षति हुने गरी आगजनी गरेको जिकिर गर्दै पार्टीका प्रवक्ता रहनुभएका उहाँलाई ६ महिना कैद र दुई करोड २३ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबी सहित अदालतमा आगजनी मुद्धा दर्ता गरिएको छ ।

आगजनी मुद्धा दर्ता भएपछि नुवाकोटका एनसेल टावर र जिल्लाको विभिन्न स्थानको निर्माण व्यवसायी एवम् क्रसर उद्योगको डोजरमा भएको आगजनी तथा प्रतिनिधिसभा एवम् प्रदेससभा सदस्य निर्वाचनका उम्मेदवारद्धय डाक्टर रामशरण महत र रमेश महत माथी गएको मंसिर १ मा ककनीमा भएको बम आक्रमण लगायतको संगठित अपराध विरुद्धको मुद्धा समेत ध्यानाकर्षण हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web