<p>काठमाडौं । कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।<br>गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्री गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरूले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् । ‘हामीबाट खरिद गर्ने व्यवासयीले कर तिर्दैन् तर, हामीले तिर्नुपरेको छ’, वैतडी सिद्धपुरका गणेश धामीले भने ।<br></p>
26.12¡ÆC