चिठ्ठा परेको भन्दै ‘इमो’ मार्फत ठगी गर्ने दुईजना पक्राउ

जेष्ठ २२, २०७५ मा प्रकाशित | 7605 views

प्रकाश खनाल । २२ जेठ, नुवाकोट । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँको एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्धामा कारबाही सुरु गरेको छ ।
नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिने लगायतका बाहनामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरे विरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्धा दर्तागरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।
“इमो मार्फत बिजय कुमार भन्ने व्यक्तिले फोन र सन्देश मार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरे माथी गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिहरु पनि ठगी गरेको तथ्यहरु भेट्टिनेक्रम सुरु भएको छ ।” प्रहरी प्रमुख कुंवरले बताउनुभयो “सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।”
उहाँको अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितहरुबाट उजुरी संकलन सुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।
नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरे बापत चिठ्ठा परेको भन्दै इमो मार्फत यसअघि यहाँको तार्केश्वर गाँउपालिका–१ दाङसिंहका दुई युवासंग पनि रु दुई लाख ४५ हजार ठगी भएको थियो ।
उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्तिहरुबाट नै हुनसक्ने प्रहरीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web