ढुङ्गे । ११औँ गणतन्त्र दिवसका अवसरमा जिल्ला कारागारमा रहेका पन्ध्र जना कैदी बन्दीको बाँकी कैद माफी गर्दै रिहा गरिएको छ ।
कैद मिनाहा पाउनेमा बहुबिबाह मुद्धाका सात जना, चोरी मुद्धाका चारजना, सवारी ज्यान मुद्धाका दुई जना र कर्तव्य ज्यान र कुटपिट मुद्धाका एक÷एक रहेको कारागार प्रमुख टंक चिमोरियाले जानकारी दिनुभयो । कैद मिनाह पाउनेमा बहुबिबाह अन्तगतका पूर्णबहादुर नेपाली, सरिता नेपाली, रामबहादुर चित्रकार, राजकुमार बलामी, विक्रम बलामी, नानू बलामी र बिशु तामाङ रहेका छन् । कर्तव्य ज्यान मुद्धाका कैदी प्रमिला थापा, सवारी ज्यान मुद्धाका जीवन विश्वकर्मा र आइतराम तामाङ, कुटपिट मुद्धाका बम्बु तामाङ रहेका छन् ।
गणतन्त्र दिवसको अवसरमा कैद माफी पाएर रिहा हुनेमा चोरी मुद्धाका गजमान तामाङ, लक्ष्मण भनिने लक्षमान तामाङ, सेते भनिने हरिबहादुर तामाङ र सरिता थापा (सुनार) रहेको कारागार प्रमुख चिमोरियाले जानकारी दिनुभयो ।
उहाँको अनुसार कारागार ऐन २०१९, नियमावली २०२० संशोधित २०७३ को तफा २९ अनुसार तोकिएको कैदको चालिस प्रतिशत कैद भुक्तानी गरेका, असल आचरण भएका, कानूनले माफी दिन सक्ने भनेर किटानी गरेका मुद्धाका कैदीलाई कारागार प्रशासनको सिफारिसको आधारमा कैदीको बाँकी रहेको कैद मिनाहा भएको हो ।
पचास जना बन्दी गृह क्षमता रहेको यहाँको कारगारामा अब १४६ जना पुरुष र ११ जना महिला कैदी रहेका छन् ।

19.12¡ÆC