उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

चैत्र ३, २०७४ मा प्रकाशित | 2126 views

काठमाडौं । उपराष्ट्रपति पदमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन निर्विरोध भएका छन्। उम्मेवारी दर्ताको निर्धारित समयमा वर्तमान उपराष्ट्रपति पुनको मात्रै उम्मेवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन्।
राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएको छैन।  उपराष्ट्रपतिमा पुनको मात्रै उम्मेदवारी परे पनि विजयको घोषणा भोली मात्रै हुने भएको छ।  निर्वाचनको कार्यतालिकाअनुसार भोलिसम्म दावी विरोधको समय रहेकाले आयोगले आज विजयी भएको घोषणा भोलि नै गर्ने भएको छ।

पुनको समर्थकमा सुवास नेम्वाण्ङ, पम्फा भुुसाल, रेखा शर्मा, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ र समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन्।

उम्मेदवारी दर्ता गर्दै उपराष्ट्रपति पुनले आफू संविधानको पालन गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताका पक्षमा निरन्तर कटिवद्ध हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web