आरुषी–हेमराज हत्याकाण्ड : अदालतको फैसलाप्रति सीबीआई असन्तुष्ट

फाल्गुन २७, २०७४ मा प्रकाशित | 1843 views

काठमाडौं । ९ वर्ष पुरानो हेमराज–आरुषी हत्याकाण्डमा दोषी देखिएका आरोपीलाई भारतको इलाहाबादस्थित उच्च न्यायालयले बिनाआधार जेलमुक्त गरिदिएकामा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले सर्वोच्च अदालतमा अपिल गरेको छ ।

सन् २००८ को मे १५ मा उत्तर प्रदेश, नोयडाको जयलायु विहार अपार्टमेन्टमा मृत भेटिएका नेपाली कामदार ४३ वर्षीय हेमराज बन्जाडे र १३ वर्षीया आरुषी तलवारको संदिग्ध हत्याकाण्डमा ब्युरोले लगातार ४ वर्ष अनुसन्धान गरेको थियो । त्यसपछिको अदालती प्रक्रियामा स्वयं आरुषीका पितामाता राजेश–नूपुर तलवारलाई छोरीकोहत्यारा साबित गर्दै आजीवन कारावास सजाय सुनाइएको थियो ।

उक्त हत्याकाण्डको अनुसन्धानमा पूर्णता नरहेको भन्दै इलाहाबाद उच्च न्यायालयले गत अक्टोबर १२ मा तलवार दम्पतीलाई जेलमुक्त गरिदिएको थियो । सीबीआईले अतिरिक्त कानुनी अधिकृत जनरल पी नरसिम्हासँग परामर्श गरेपछि बिहीबार इलाहाबाद न्यायालयको निर्णय उल्टाउन सर्वोच्च अदालतमा अपिल गरेको हो, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web