काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् । ओलीले जनताको नाममा सपथ लिएका थिए । समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको हो । उनीहरुलाई आजै राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराएकी छिन् ।

25.12¡ÆC