मेलम्ची खानेपानी आयोजनाको अम्बाथान ग्यालथुम सुरुङ निर्माण सम्पन्न

पुस १६, २०७४ मा प्रकाशित | 1992 views

काठमाडौं ।

बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थु्) सम्पन्न भएको छ ।

सो खण्डको ८ दशमलव ३ किमी सुरुङको अन्तिम बिन्दुमा दुई वटा विस्फोट गराइ (ब्रेक थु्र) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने काम पनि सँगसँगै भइरहेको पन्तले बताउनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४ सय ५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web