काठमाडौं ।

चुनावमा एक्लै लडेर जातिय नारा उचालेका चार साना दलहरु तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसकेपछि दलिय अस्तित्व संकटका परेको ठहर सहित एकतामा गएका छन ।

जायित मुद्दामा आन्दोलन गर्दै आएका ४ साना पार्टी कुमार राई नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी, किरण राईको किरात खम्बुवान लोकतान्त्रिक पार्टी, ज्ञानेश्वर राईको संघीय खम्बुवान लोकतान्त्रिक पार्टी र मैयाकुमारी राई नेतृत्वको नव जनवादी मोर्चाबीच एकीकरण भएको हो ।

थ्रेस होल्ड लगाएर ठूला दलले गरेको निधेषको राजनीतिविरुद्ध र पहिचानको सपना साकार पार्न आफूहरु एक भएको संघीय खम्बुवान पार्टीका अध्यक्ष ज्ञानेश्वर राईले बताए। दलीय सिन्डिकेटले जातीय सशस्त्र आन्दोलन उत्पन्न हुनसक्ने भन्दै सत्ताधारीले सोच्नुपर्ने उनको भनाई छ। यी ४ दलले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए।

19.12¡ÆC