नेपालगञ्ज ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका सरकारका उपप्रधानमन्त्री कमल थापा काठमाडौंबाट आएर पुर्वराजालाई गोप्य भेटघाट गरि फर्किएका छन ।

आफनो पार्टीको तीन प्रतिशत थ्रेस होल्ड समेत कटाउन नसकेपछि एक सांसदमा सिमित बन्न पुगेका थापाले आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएका पुर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा आएर भेटेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।

पूर्वराजाको सचिवालयले भ्रमणलाई निजी रहेको बताएपनि ज्ञानेन्द्रले विभिन्न व्यक्तिसँग गरिरहेको भेटघाटबाट उनको आगमनप्रति थप आशंका पैदा गराएको विश्लेषण स्थानीय स्तरमा गर्न थालिएको छ । कारकाँदोमा रहेको होटल सोल्टीमा बस्दै आएका उनलाई भेटघाट गर्न उनका समर्थकहरु दिनहुँ नेपालगन्जमा केन्द्रित हुने गरेका छन्।

राजसंस्थाको पक्षमा खुलेरै वकालत गर्दै आएको राप्रपाका अध्यक्ष कमल थापा पनि शनिबार बिहान नेपालगन्ज आई दिउँसो भेटघाट गरेर राजधानी फर्किए।

कार्यकर्ता भेटघाटको निहुँ पारेर नेपालगन्ज आएका उपप्रधामन्त्री समेत रहेका थापाले दिउँसो होटल सोल्टीमै पुगेर पूर्वराजालाई भेट गरेका थिए।

दुबैबीच गोप्य भेटघाट भएको बताइएको छ ।

भेट पश्चात पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले आफु नेपालगन्ज आएको बेला पूर्वराजा पनि यतै रहेको कुरा थाहा पाएको र पूर्वराष्ट्र प्रमुख तथा पूर्वराजाको हैसियतले स्वभाविक रुपले शिष्टाचार भेट गरेको जिकिर गरे ।

‘पूर्वराजाको कुनै राजनीतिक भ्रमण रहेको जस्तो मैले पाएन, थापाले भने ‘होटलको उद्घाटन र धार्मिक क्षेत्रको भ्रमण गर्ने उद्देश्य रहेको थाहा पाए।’

भेटका क्रममा देशको परिस्थितीका बारेमा पनि विचार आदान–प्रदान भएको उपप्रधानमन्त्री थापाले बताए । पत्रकारको जिज्ञासामा राप्रपा अध्यक्ष थापाले आफ्नो पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई अब सडकबाट स्थापित गराउने जिकिर गरे। ‘राप्रपालाई जनताले संसदमा भन्दापनि सडकमै भएको हेर्न रुचाएको जस्तो देखियो, सडकमै जनताले ठाउँ दिएको हुनाले सडकमै हामीले अब हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डालाई सशक्त रुपमा उठाउँछौं,’ उनले भने।

19.12¡ÆC