लालबाबु पण्डित भन्छन-‘माघ ७ अघिनै केपी ओली प्रधानमन्त्री’

पुस १४, २०७४ मा प्रकाशित | 908 views

भक्तपुर ।
एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले बामगठबन्धनको एकिकरण पदको कारणले ढिलाई नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँड पश्चात पार्टी एकिकरण हुने बताउनुभयो ।
जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० बर्षमै कुशल बिकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे बिदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुने बताउनु भयो । उहाँले २० बर्षमै नेपाललाई दातृ राष्ट्रको रुपमा समेत बिकास गर्न सकिने दाबी गर्नु भयो ।
प्रदेशको राजधानीका बिषयमा बृहत छलफल भइरहेका कारण प्रदेश राजधानी प्रदेश सभाले जनताको भावना अनुसार नै तोकिने जानकारी दिँदै उहाँले प्रदेश राजधानी बनाउनु भन्दा पहिला ब्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलीकोे पिढीले अनुभुत गर्ने बताउनु भयो ।
उहाँले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गर्नुभएको छ । राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web