कैलाली र कञ्चनपुरका सिमा स्तम्भको अध्ययन सुरु

पुस १४, २०७४ मा प्रकाशित | 1545 views

महेन्द्रनगर ।
पश्चिम तराइका कैलाली र कञ्चनपुर जिल्लामा रहेका सीमा स्तम्भहरुको स्थलगत अध्ययन सुरु गरिएको छ ।

नेपाल—भारतको संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्ला स्थित जंगे पिलर र सहायक पिलरको पछिल्लो अवस्थाकाबारे बुझनका लागी बिहिबारबाट स्थलगत अध्ययन शुरु गरेको हो ।

नेपालका तर्फबाट ४ नम्बर सीमा नापी टोली प्रमुख सुदर्शन सिंह धामी र भारतको तर्फवाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिंह भट्टको सयुक्त टोलीले सिमा स्तम्भको अध्ययन शुरु गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनुभयो ।

कैलालीमा ५३ वटा मुख्य सीमा स्तम्भ र २ सय २९ सहायक स्तम्भ गरी २ सय ८२ वटा सिमा स्तम्भ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web