भैरहवा ललितपुरलाई हराउँदै एभरेस्ट प्रिमियर लिगको फाईनलमा

पुस १३, २०७४ मा प्रकाशित | 1063 views

काठमाडौं ।
भैरहवा ग्ल्याडियटर्स एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गर्न सफल भएको छ ।
कीर्तिपुर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा बिहिबार भएको दोस्रा क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सले ललितपुर प्यट्रियटसलाई ३ विकेटले पराजित गर्दै फाईनलमा स्थान शुरक्षित पारेको थियो ।
भैरहवा ग्ल्याडियटर्सले अब फाईनलमा बिराटनगर वारियर्सको सामना गर्ने छ ।
भैरहवा ग्ल्याडियटर्स लिग खेल र पहिलो क्वालिफायरमा बिराटनगर वारियर्स संग पराजित भईसकेको छ ।
बिहिबार भएको खेलमा पहिलो ब्याटिङ्ग गरेको ललितपुर प्यट्रियटसले २० ओभरमा ६ विकेटको क्षेतीमा १ सय ३२ रन बनाएको थियो ।
ललितपुर प्यट्रियटसका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाएका थिए ।
भैरहवा ग्ल्याडियटर्सले १९.३ ओभरमा ७ विकेटको क्षेतीमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।
भैरहवा ग्ल्याडियटर्सका प्रथम सालुन्केले सर्वाधिक ३२ रनको योगदान गरेका थिए ।
प्रतियोगितामा बिराटनगर वारियर्स, भैरहवा ग्याडियटर्स, ललितपुर प्यट्रियटस, पोखरा राईनोज, चितवन टाईगर्स र काठमाडौँ किङ्गस् ११ गरि ६ वटा टोलीको सहभागिता रहेको थियो ।
फाईनल खेल बिराटनगर वारियर्स र भैरहवा ग्ल्याडियटर्सकाबिच शनिबरा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web