नेपाली उत्पादन प्रर्वद्धन गर्न भारत देहरादुनमा व्यापार मेला हुँदै

पुस १२, २०७४ मा प्रकाशित | 933 views

काठमाडौं ।

नेपाली उत्पादन तथा पर्यटनलाई भारतमा प्रर्वद्धन गर्न सहयोग पुरयाउने उद्देश्यले दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको उत्तराखण्ड देहरादुनमा आयोजना हुने भएको छ ।

उद्योग वाणिज्य संघ कञ्चनपुर र भारतको उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको हो ।

नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले आज काठमाण्डौमा आयोजित  पत्रकार सम्मेलनमा  जानकारी गराउनु भयो ।

उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनको परेड मैदानमा हुने उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी कक्ष रहने छन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा यस अघि भारतमा गरेको पहिलो मेलाले नेपाली उत्पादनहरुको बजार भारतमा विस्तार गर्न बाटो खोलेको पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web