पाँचथर ।
रुपन्देहि ११ नऔँ फल्गुन्नद गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पाँचथरको फिदिममा मंगलबार भएको खेलमा रुपन्देहि ११ ले दार्जिलिङ्गको यु के फुटबल क्लबलाई ३÷१ गोल अन्तरले पराजित गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा मंगलबार देखि शुरु भएको छ ।
प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा नेपाल आर्मी, सशस्त्र प्रहरीको ए।पी।एफ, पश्चिमाञ्चल र नेपाल पुलिस क्लबले सफलता हात पारेका छन् ।
यसैगरि महिलातर्फको लिग खेलमा एपीएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र नेपाल पुलिस क्लबले बिजयी शुरुवात गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले रेफ्रि टहलसिंह थापामगरलाई बल हस्तान्तरण गदै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
22.12¡ÆC