काठमाडौं ।
सरकारले मुलुकमा उद्यमशिलताको विकास र गरिवी निवारणमा युवाहरुलाई परिचालन गर्ने भएको छ ।
उद्यमशिलताको विकास र गरिवी निवारणमा युवाहरुलाई परिचालन गर्ने सम्वन्धमा मंगलवार उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्वीच एक सम्झौतामा हस्ताक्षर भयो ।
उद्योग मन्त्रालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उद्योग मन्त्री सुनिलवहादुर थापाले मुलुकमा रहेको वेरोजगारीको समस्या न्यूनिकरणका लागि सम्झौताको कार्यन्वयनबाट मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम वहादुर लामा र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब प्रसाद ढुंगेलले सम्झौताबाट स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिवी निवारण कार्यक्रमको कार्यान्वयनमा योगदान पुग्ने बताउनुभयो ।
सम्झौता अनुसाार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकास लगायत विभिन्न विषयमा युवाहरुलाई सीप विकास तालिम प्रदान गरिने छ भने परिषदका तर्फबाट देशका सवै जिल्लामा युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
सम्झौतापत्रमा उद्योग मन्त्रालय औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गर्नुभएको थियो ।
20.12¡ÆC