जनकपुरधाममा वाक्लो कुहिरोका कारण विमान सेवा अवरुद्ध

पुस ११, २०७४ मा प्रकाशित | 1478 views

जनकपुरधाम ।

आज विहान देखि फेरि पनि शितलहर शुरु भएको छ । पश्चिमी वायुको प्रभाव संगै वाक्लो कुहिरो संगै शितलहर शुरु भएपछि प्रदेश नंं २ को अधिकांश जिल्लाहरुको जनजीवन प्रभावित बनेका छन् ।

विहान देखि चिशो हावा संगै जाढोबढेपछि फेरि न्यानो कपडाको विक्रि वितरणमा व्यापक बृद्धि भएको छ ।

चिशोका कारणले बृद्ध–बृद्धा, वालवालिका, असक्त तथा अपाङ्गहरु मारमा परेका छन् । केही दिन देखि घाम शुरु भएपछि सर्व साधारणले राहतको अनुभूति गरेका थिए ।

चिशोका कारणले दम्मा, अस्थमा, निमोनिया सहितका विरामीहरु बढी पिडित हुने गरेको छ भने रुघा खोकीले पिडित हुनेहरुको संख्या बढे गएको छ ।

यता वाक्लो कुहिरोका कारणले पुनः जनकपुर– काठमाण्डौ विमान सेवा प्रभावित बनेका छन् ।

विमान अवतरणका लागि चाहिले भिजिविलिटी नभएका कारणले कुनै पनि विमान सञ्चालन नभएको बुद्ध एअरका जनकपुर स्टेशन म्यानेजर विजय सिंहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web