सुर्खेतको वीरेन्द्रनगरमा भएको आगलागी नियन्त्रणमा

पुस ८, २०७४ मा प्रकाशित | 2930 views

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको मंगलगढी चोकमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

वीरेन्द्रनगर बसपार्क नजिकै रहेका फेन्सी पसलहरुमा शुक्रबार राती पौने दश बजे लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिईएको हो ।

आगलागीबाट झण्डै आधा दर्जन फेन्सी पसलसँगै तरकारी, मण्डी र एउटा खाजा पसल पूर्ण रुपमा क्षति भएका छन् ।

आगो निभाउन वीरेन्द्रनगर नगरपालिकाको दमकल, स्थानीय पानी ट्यांकर, डोजर प्रयोग गरिएको थियो ।

आगलागीको कारण नखुलेपनि विद्युत सर्ट भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web