दलहरुबीच सहकार्य र समन्वयको आवश्यकताः अध्यक्ष प्रचण्ड

पुस ८, २०७४ मा प्रकाशित | 820 views

भैरहवा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल जेसिसको ४४औं राष्ट्रिय महाधिवेशनलाई आज भैरहवामा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

पुर्व प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन सबै दलबीच सहमति, सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

३ तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी सुरु भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web