उदयपुरमा श्रीमति हत्या आरोपमा श्रीमान पक्राउ

पुस ३, २०७४ मा प्रकाशित | 8224 views

उदयपुर ।
आप्mनै श्रीमतिको हत्या आरोपमा उदयपुरमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाउँपालिका– २ को श्रीमान् सीताराम दाहाल पक्राउ परेको हो ।

दाहाल ४२ वर्षीया गीता भन्ने गंगा खत्री दाहालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

आईतबार विहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालका माईती पक्षले श्रीमानकै कर्तव्यमा ज्यान गएको भन्दै उजुरी दिएको आधारमा दाहाललाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार उनको हत्या भएको हो होईन भन्ने यकिन भईसकेको छैन ।

घट्ना हुनु दुईदिनअघि मात्र घरेलु हिंसा भएको उजुरीका आधारमा प्रहरी टोली खटाएको भन्दै उनले तर, टोली फर्केको दुईदिनपछि नै महिलाको मृत्यु हुनुले आशंका जन्माएको बताए ।

दाहालको हत्या हो वा आत्महत्या भन्ने विषयको छिनोफानो हुन घट्नाको अनुुसन्धान तथा पोष्टमार्टम रिपोर्ट पर्खनुपर्ने प्रहरी भनाई छ ।

सोमबार विहान सदरमुकाम ल्याइएको मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

माईतीपक्षले हत्या नै हो भनेर जिकिर गरेका कारण दाहाललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ । एसपी भट्टका अनुसार दाजु ओमराज राउतलगायत माईती पक्षले वर्षाैंदेखि चेलीमाथि अत्याचार हुदै आएको हुनाले कर्तव्य ज्यान हुनसक्ने भन्दै कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web