महोत्तरीमा एकैपटक २४ सय ६१ परिवारले पाए लालपुर्जा

पुस ३, २०७४ मा प्रकाशित | 4153 views

महोत्तरी ।

महोत्तरीमा एकैपटक २४ सय ६१ जनालाई सोमबार लालपुर्जा बितरण गरिएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका र बलुवा नगरपालिकाको २४ सय ६१ घरपरिवारलाई नापी कार्यालय र भुमी अधिकार मन्छ महोत्तरीले सयुक्त रूपमा लालपुर्जा बितरण गरिएको हो ।

महोत्तरी गाउँपालिकामा १७ सय ३० घरपरिवार र बलुवा नगरपालिकामा ७ सय ३१ घरपरिवारलाई लालपुर्जा बितरण गरिएको जिल्ला नापी कार्यालय महोत्तरीका प्रमुख उमेशलाल कर्णले बताउनुभयो ।

आजबाट बितरन सुरु गरिएको लालपुर्जा ५ गते सम्म बितरन गरिने छ । महोत्तरी गापा र बलुवा नपामा करिब ५० बर्ष देखि बसोबास गर्दै  आएको तर लालपुर्जा बिहिन घरपरिवारलाई लालपुर्जा बितरण गरिएको भुमी अधिकार मन्च महोत्तरीका सिनमाया गिरिले बताउनुभयो ।

यस क्षेत्रका स्थानीय बासिन्दा लालपुर्जा नहुदा बर्सौ देखि भुमिहिन सरह जिवनयापन गर्न बाध्य थिए । लालपुर्जा पाए सगै यस क्षेत्रका स्थानीयबासि हर्सित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web