दूरगामी महत्वका कुनै निर्णय नगर -बाम गठबन्धन

पुस २, २०७४ मा प्रकाशित | 830 views

काठमाडौं ।

वाम गठबन्धनले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी एकता केन्द्रीय संयोजन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्पष्ट रुपमा जनादेश प्राप्त भइसकेकाले अनावश्यक रुपमा राजनीतिक नियुक्ति, सरुवा, बढुवा नगर्न सरकारलाई सचेत गराएको हो ।

पत्रकारसम्मेलनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नयाँ जनादेश आइसकेपछि जनताको अभिमत प्राप्त दललाई सरकार हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचन परिणामपछि राष्ट्रियसभा गठन नभई राजीनामा दिन्न भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाकोे भनाइ गलत रहेको टिप्पणी गर्नुभयो ।

सरकार बनेपछि राष्ट्रियसभा गठन गर्ने राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अभ्यास भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभाले सरकार गठन गरेपछि राष्ट्रियसभा गठन गर्ने संवैधानिक व्यवस्था रहेको नेता ओलीले बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई प्रधानमन्त्री को बन्नेभन्दा पनि प्रमुख ध्यान राजनीति स्थायित्व, सुशासन र विकास निर्माण तथा आर्थिक समृद्धि नै रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले राष्ट्रियसभा गठनका बारेमा सरकारका तर्फबाट भएको अलमलका बारेमा शनिबार आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेको पनि जानकारी दिनुभयो ।

राजनीतिक दलहरुका बीचमा समझदारी नबनाई गम्भीर र राष्ट्रिय रुपमा प्रभाव पार्ने प्रदेश प्रमुखको नियुक्ति नगर्नसमेत आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि बताउन’भयोे ।

निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नु हुने वामपन्थी दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्य तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक राजनीतिक दल, उम्मेदवार र प्रचारकलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web