सुनसरी ।

लामो समययता भाडामा संचालनमा रहँदै आएको सुनसरीको कोष तथा लेखा नियन्त्रण कार्यालय आफ्नै भवन निर्माणमा जुटेको छ ।

कार्यालय भवन निर्माणकालागि जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको ३ कट्ठा जग्गामा कार्यालय भवन निर्माण कार्य सुरु गरिएको छ ।

विद्युत प्राधिकरण इनरुवा शाखाको अघिल्तिर निर्माण थालिएको भवनको आइतवार सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले शिलान्यास गर्नुभयो ।

भवन शिलान्यास कार्यक्रममा प्रमुख कोष तथा लेखा नियन्त्रक बद्रीप्रसाद घिमिरे सहित जिल्लाका सरकारी कार्यालय सहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

१८ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी कार्यालय भवन निर्माणको जिम्मा रौताहा, आर.के.जेभीले पाएको छ ।

मिटिङ हल र काउण्टर सहित १७ वटा कोठा रहने गरी अढाई तल्ले भवन निर्माण गर्न लागिएको सुनसरीका प्रमुख कोष तथा लेखा नियन्त्रक बद्रीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

नेपाल सरकारको बजेटबाट निर्माण गर्न लागिएको कार्यालय भवनको कुल लागत मूल्य अभिवृद्धि कर बाहेक ३ करोड ७३ लाख १९ हजार ४ सय ४ रुपैंया ८४ पैसा रहेको कोष तथा लेखा नियन्त्रणको कार्यालय इनरुवा सुनसरीले जनाएको छ ।

16.33¡ÆC