<p>
काठमाडौं ।</p><p>राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन गरी कार्यशैलीमा पुनःसमीक्षाको खाँचो औंल्याउनुभएको छ ।</p><p>पार्टी अध्यक्ष कमल थापाले जारी गरेको विज्ञप्तिमा परिणाम जेजस्तो भए पनि चुनावमा पार्टीसँग सहकार्य गर्ने सबै राजनीतिक दल तथा शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सफल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा अंग र प्रशासनिक संयन्त्र र सबै जनतालाई धन्यवाद दिइएको छ ।</p>
19.12¡ÆC