सर्वोच्चद्धारा प्रहरी अधिकृत, नाबालक सहित २४ जना हत्या अभियुक्त रेशम चौधरीको रिट अश्विकृत

मंसिर २९, २०७४ मा प्रकाशित | 1451 views

काठमाडौं ।

टीकापुर घटनामा उच्च प्रहरी अधिकृत सहित ९ जना प्रहरी एवं नाबालक दूधे बालकको विभत्स हत्या घटनाका फरार मूख्य अभियुक्त रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत् पाउनुपर्ने गर्दै गरेको माग सर्वोच्च अदालतले अस्विकार गरिदिएको छ ।

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली १ बाट भारी मत अन्तरले विजयी भएका चौधरी निर्वाचन अधिकृतले वारेसमार्फत् प्रमाणत्र नदिएको भन्दै सर्वोच्च पुगेका हुन् ।

शुक्रबार दिउँसो भाइमार्फत् सर्वोच्चमा रिट दर्ता गर्न पठाएका चौधरीको रिटलाई सर्वोच्चले अस्वीकार गरेको हो ।

सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीका अनुसार हत्या अभियोगमा फरार रहेका व्यक्तिको निवेदन भएकाले वारेसमात्र पठाएको निवेदन अस्वीकार भएको हो ।

‘कानुन बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता नभएको हो,’ साहायक प्रवक्ता कालाखेतीले भने। चौधरी टीकापुर घटनाका फरार अभियुक्त हुन् ।

२०७२ भदौको पहिलो हप्ता टीकापुर घटना भएपछि चौधरी भारतमा लूक्दै बस्दै आएका छन् ।

चौधरीलाई तराई केन्द्रित राजनीति गर्दै आएको राजपा र भारतले संरक्षण र सहयोग गर्दै आएको बताइन्छ ।

चौधरी राष्ट्रिय जनता पार्टी राजपाको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचीत भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web