धनगढी उपमहानगरपालिकाका इन्जिनियर भट्टलाई कालोमोसो

जेष्ठ २५, २०७३ मा प्रकाशित | 1312 views

२६ जेठ, धनगढी ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टलाई कालोमोसो दलेको छ ।

भट्टले योजना बापत विभिन्न ठेकेदार र उपभोक्ता समितिका अध्यक्षसंग कमिशनवापत १५ प्रतिशतसम्म  रकम माग्ने गरेको पाइएपछि कालोमोसो दलिएको सो पार्टीले जनाएको छ ।

उनलाई मंगलबार बिहान कार्यालयमै गएर कालोमोसो दलिएको हो ।

पटक पटक सुध्रिन सचेत गराउदा समेत नसुध्रिएको र भ्रष्टाचार  झन् बढेकोले चेतावनी स्वरूप कालोमोसो दलिएको विप्लव माओवादीको विद्यार्थी भातृ संगठनका नेता बिरेन्द्र बिकेले जानकारी दिए ।

इन्जिनियर भट्टसहित उपमहानगरपालिकाका कतिपय कर्मचारीमाथि भ्रष्टारको आरोप लाग्दै आएको थियो । कतिपय कर्मचारी कार्यालयमा नबस्ने र कार्यालय समयमै होटेलहरुमा भेटिने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।

प्रहरीले कालोमोसो दल्नमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web